भारतका अर्बपति अडानीविरुद्ध घुस आरोपमा अमेरिकामा मुद्दा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ६, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपति व्यवसायी गौतम अडानी विरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।

अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो । अडानी र उनका भतिजा सागर अडानी सहित सात जना विरुद्ध सौर्य ऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।

यो परियोजनाका लागि अडानी र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।

प्रकाशित : 21 November, 2024

प्रतिक्रिया दिनुहोस्