सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दी थप्ने प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ६, गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा दुई एआईजीको दरबन्दी थप्ने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयको निर्देशन अनुरूप सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकले एआईजी दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको छ ।

गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार उक्त प्रस्ताव गृहले स्वीकृत गरेर अगाडि बढाए पनि अर्थ मन्त्रालयमा अड्किँदा दरबन्दी थप्ने निर्णय स्वीकृत हुने\नहुने अनिश्चित बनेको छ ।

अर्थले स्वीकृति दिएमा कानुन मन्त्रालय हुँदै उक्त प्रस्ताव लोकसेवा आयोग पुग्नेछ । त्यसपछि गृह मन्त्रालयमार्फत नै मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै उक्त प्रस्ताव कार्यान्वयनमा जानेछ ।

सशस्त्र प्रहरीले कुनै वैज्ञानिक अध्ययन अथवा संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) को निष्कर्षको आधारमाभन्दा आफू निकटका व्यक्तिहरूलाई बढुवा गर्ने योजना अनुसार दरबन्दी थप गर्न खोजिएको जानकारहरूको टिप्पणी छ ।

प्रहरीको कर्मचारी प्रशासनबाट अवकाशप्राप्त एसपी रवीन्द्र रेग्मी आफू निकटका व्यक्तिलाई स्वार्थ अनुसार बढुवा गर्न हचुवाको भरमा उच्च तहका दरबन्दी थपिने पुरानै रोग रहेको बताउँछन् ।

प्रकाशित : 21 November, 2024

प्रतिक्रिया दिनुहोस्