काठमाण्डौसहित देशका विभिन्न शहरमा वायु प्रदूषण

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै गएको कारण उपत्यकासँगै देशका आकास धुम्म हुनथालेको छ । वायुमण्डलमा धुलोका कारणले गर्दा पारदर्शिता कम देखिएको थियो ।

आज काठमाण्डौ विश्वको नवौं प्रदूषित शहर बनेको छ । काठमाण्डौको एअर क्वालिटी इन्डेक्स एक्यूआई १ सय ८० पुगेको छ । हाँडीगाउँमा भने एक्वूआई १ सय ८८ सम्म पुगेको छ । चितवनको मेघौलीमा वायु प्रदूषण अति अस्वस्थ अवस्थामा पुगेको छ ।

मेघौलीको एक्यूआई २ सय २८ पुगेको छ । १५० सम्मको एक्यूआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ । अहिले भने घाम लागेकाले पारदर्शिता पनि बढ्दै गएको छ ।

भारतमा प्रदूषण बढिरहेकोले अब नेपालमा पनि त्यसको असर बढ्दै जाने देखिएको छ । अबको केही दिन नेपालमा वायु प्रदूषण बढ्दै जाने त्रिभुवन विश्वविद्यालयको मौमस विज्ञान केन्द्रबाट जानकारी प्राप्त भएको छ ।

भारतमा धान काटेपछि पराल जलाउँदा ठूलो मात्रामा प्रदूषण पैदा हुने गरेको छ । त्यसको असर नेपालमा पनि अब देखिन थालेको हो । तत्काल पानी पर्ने सम्भावना नभएकाले केही दिनमा प्रदूषण झनै बढ्ने देखिएको जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित : 26 November, 2024

प्रतिक्रिया दिनुहोस्