यू-१९ एसिया कप क्रिकेट खेल्न मलेसिया जाने टोलीको बिदाइ

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो । एसिया कपमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने छ ‌।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ ‌। टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय पूर्वखेलाडी शक्ति गौचन छन् ।

 

 

प्रकाशित : 26 November, 2024

प्रतिक्रिया दिनुहोस्