गौरीशंकर गाउँपालिकाको मतगणना आज नहुने सम्भावना

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ ।

९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले आज नै मतगणना गर्ने सम्भावना नरहेको हो ।

मतदान भइरहेको ९ नम्बर वडा बेदुङबाट मतपत्र संकलन गर्न आज सम्भव नहुने भएकाले सोमबारबाट गणना हुने जानकारी प्राप्त भएको छ ।

गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन् ।

त्यस्तै, स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तामाङ र सर्कीमा शेर्पा उम्मेदवार छन् ।

 

 

प्रकाशित : 1 December, 2024

प्रतिक्रिया दिनुहोस्