आज देशभरको मैसम सफा रहने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज सूर्योदय बिहान ६ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।

प्रकाशित : 4 December, 2024

प्रतिक्रिया दिनुहोस्