डीएनए परीक्षणको निर्देशनले सुपारी निर्यात अनिश्चित

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डीएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण झापाको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।

झापालगायत विभिन्न जिल्लामा वर्षौंदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ ।  सुपारी उत्पादक किसान सङ्घका अनुसार वर्षेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ ।

प्रचलित बजार मूल्यअनुसार १५ हजार मेट्रिक टन सुपारीको आठ देखि १२ अर्ब रुपैयाँसम्म पर्छ । तर नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।

२०७९ साल साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डीएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उहाँले बताउनुभयो । डीएनए परीक्षण गर्ने भनिए पनि अहिलेसम्म प्रयोगशाला स्थापना भएको छैन ।

 

प्रकाशित : 4 December, 2024

प्रतिक्रिया दिनुहोस्