समितिद्धारा निजामती विधेयकमाथि छलफल अगाडि बढाउँदै

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि छलफल अगाडि बढाउने भएको छ ।

समितिले ‘सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आइतबार दिउँसो १ बजे छलफल राखेको छ ।

निजामती विधेयकमाथि छलफल अगाडि बढाउने तय भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

यो बिधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा साम्सदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन परेको छ ।

प्रतिनिधि सभाको चालू कार्यकालमा समेत विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर सरोकारवालाहरुले प्रश्न गरिरहेका छन । यहि बेला राज्य व्यवस्था समितिले बिधेयकमाथी छलफल अगाडि बढाउन खोजेको हो ।

प्रकाशित : 6 December, 2024

प्रतिक्रिया दिनुहोस्