दार्चुलामा हिमपात, जनजीवन प्रभावित

सहयात्रा टिभी

काठमाडौं । मंसिर २४, आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाका विभिन्न स्थानसहित जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको अपिहिमाल गाउँपालिकाका स्थानीय बालमती बोहराले जानकारी दिनुभयो । हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रका बस्तीमा चिसो ह्वात्तै बढेको उहाँले बताए । सदरमुकाम खलंगासहित विभिन्न स्थानमा हल्का वर्षा समेत भइरहेकोले जिल्लाभरी चिसो बढेको छ ।

प्रकाशित : 9 December, 2024

प्रतिक्रिया दिनुहोस्