बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । मंसिर २५, नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट दस्तावेज सरकारले सार्वजनिक गरेको हो ।

बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

 

 

प्रकाशित : 10 December, 2024

प्रतिक्रिया दिनुहोस्