दक्षिण कोरियाको प्रहरीले राष्ट्रपति योलको कार्यालयमा छापा मारे
काठमाडौं । मंसिर २६, दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक-योलको कार्यालयमा छापा मारेको छ ।
दक्षिण कोरियाको समाचार संस्था योनहापले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सियोल महानगरीय प्रहरी र नेशनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ।
राष्ट्रपतिको सुरक्षा टोलीलाई छापा बारे पहिले नै जानकारी दिइएको थिएन। यो प्रहरी कारबाही राष्ट्रपति युन सुक(योलले देशमा सैनिक शासन लगाएको घटनापछि भइरहेको छ।
योनहापको रिपोर्टअनुसार, छापाको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित थिएनन्। गत हप्ता मंगलबार र बुधबारको बीचमा राष्ट्रपति युन सुक-योलले देशमा सैनिक शासन लागु गरेका थिए।
तर, ठूलो विरोध भएपछि उनले छ घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएका थिए। युनको यो कदमपछि दक्षिण कोरियामा उनीविरुद्ध व्यापक विरोध भइरहेको छ र उनको विषयमा अनुसन्धान पनि जारी छ।
बीबीसीका अनुसार अहिलेका राष्ट्रपति युनले सन् २०२२ मा मात्र पदभार सम्हालेका हुन्। यस पटक अनुसन्धानकर्ताहरू सिधै राष्ट्रपतिको कार्यालय प्रवेश गरेका छन् ।