रंगेलीमा स्रोत नखुलेको रकम सहित एक महिला पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर २६, स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् । अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।

 

प्रकाशित : 11 December, 2024

प्रतिक्रिया दिनुहोस्