प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९,नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक [डिआइजी] लाई प्रहरी अतिरिक्त महानिरीक्षक [एआइजी]मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज साँझ बसेको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरले बताए ।

प्रकाशित : 14 December, 2024

प्रतिक्रिया दिनुहोस्