मेयर बालेन शाहद्धारा पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

सहयात्रा टिभी

काठमाडौं । पुष १, काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर बालेन शाह र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्वप्रमुख पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोमबार बिहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्व प्रमुख सिंहको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सिंहको आज विहान ८८ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी निवासमा आराम गरिरहेका थिए । पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

वि. सं. १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित भएका थिए ।

उनकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो । सिंहको पार्थिव शरीरलाई विष्णुमती नदी किनारा लखतीर्थमा अन्तिम संस्कार हुनेछ ।

प्रकाशित : 16 December, 2024

प्रतिक्रिया दिनुहोस्