मलेसियामा जारी क्रिकेटमा नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । पुष २, मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ ।

मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् । नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।

प्रकाशित : 17 December, 2024

प्रतिक्रिया दिनुहोस्