भ्रष्टहरूको अपराध हेरेर कारबाही हुने प्रधानमन्त्रीको दाबी

सहयात्रा टिभी

काठमाडौं । पुष २, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरूको मुख हेरेर नभइ अपराध हेरेर कारबाही हुने कारबाही हुने दाबी गरेका छन् ।

मंगलबार ललितपुर महानगरको स्थापना दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘देशको अवस्था सच्याउनुछ । सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । सुशासन दिनुछ ।

भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरूले पनि पाउँदैनन् । दिन हुँदैन ।’

उनले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । ‘हामी जनताका सेवक हौं, हामीभित्र घमण्ड पलाउन हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।

 

प्रकाशित : 17 December, 2024

प्रतिक्रिया दिनुहोस्