कर्णालीले १३ औं ओभरको समाप्तिमा गुमायो चौथो विकेट : गुल्सन झा शून्यमा आउट

काठमाडौं । पुष ३, नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। १३ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको हो।
तिचवनका लागि कप्ता कुशल मल्लले चौथो सफलता निकालेका हुन्। उनले १३.४ बलमा गुल्सन झाको विकेट लिएका हुन्। झा तीन बल खेलेर शून्यमा आउट भएका हुन्। चितवनका लागि तेस्रो सफलता रवि बोपाराले लिएका थिए। उनले आक्रामक ब्याटिङ गरिरहेका कर्णालीका ओपनर जयकिशन कोलसावलालाई ३८ बलमा ५२ रन बनाएर आउट गरेका हुन्।
दोस्रो सफलता शरद भेषवाकरले दिलाएका थिए। उनले जिशान मकसुदलाई १२ बलमा १४ रन बनाउँदा आउट गरेका हुन्।चितवनका लागि पहिलो विकेट सोहेल तनवीरले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा एक बलको सामना गरेका रित गौतमलाई शून्यमै आउट गरेका हुन्। कर्णाली १४ औं ओभरको समाप्तिमा चार्र विकेट गुमाएर १०३ रन बनाएर खेलिरहेको छ।