आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

सहयात्रा टिभी

काठमाडौं । पुष ४, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज ७६.२५ रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ९५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

 

प्रकाशित : 19 December, 2024

प्रतिक्रिया दिनुहोस्