विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाहसंस्कार
सहयात्रा टिभी
काठमाडौं । पुस ७,अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ। ब्रेन क्यान्सरको चौथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो ।
नेपाली समय अनुसार राति ९ :४५ बजे न्यूफिल्ड आइएनसीमा उनको दाहसंस्कार गरिएको थियो। दाहसंस्कार कार्यक्रममा परिवारजन, साथीभाइ र न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए।