भारतीय पक्षले शुक्लाफाँटा आरक्ष क्षेत्रको एक हजार बिघा जमिन अतिक्रमण गरेको झलनाथको दाबी

सहयात्रा टिभी

काठमाडौं । पुस ११, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

खनालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गा भारतीयहरूले कब्जा गरेको र नेपालतिरबाट सो क्षेत्रमा आवागमनको समेत समस्या भएको बताएका छन् । दक्षिणतिरबाट लगातार सो क्षेत्रमा भइरहेको अतिक्रमण रोक्न सरकारले कुनै कदम नचालेको खनालको आरोप छ ।

पूर्व प्रधानमन्त्री खनालले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : 26 December, 2024

प्रतिक्रिया दिनुहोस्