नयाँ वर्षमा आउने भयो दिवाकरको ‘नरसिंहा: अवतार’

सहयात्रा टिभी

काठमाडौं । पुस ११, निर्देशक दिवाकर भट्टराईको महत्वाकांक्षी फिल्म ‘नरसिंहाः अवतार’ नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर प्रदर्शन हुने भएको छ । बिहीवार फिल्मका वितरक करण श्रेष्ठले एउटा तस्विर शेयर गर्दै आगामी चैत २९ गतेदेखि यो फिल्म प्रदर्शनमा आउने जानकारी गराएका छन् ।

एक्सन तथा सोसल ड्रामा जनाराको यो फिल्ममा राजेश हमालले लामो समयपछि फिल्ममा कमब्याक गरेका छन् । मल्टिस्टारर यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट प्रालि, रिच इन्टरटेन्मेन्ट तथा एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । यो फिल्ममा राजेश हमालसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिशा भट्टराई, नीर शाह, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, समाइरा थापा, प्रकाश कुँवर, रमेशचन्द्र आदि कलाकारले अभिनय गरेका छन् ।

निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै आएका छन् । निर्देशक भट्टराईका अनुसार महानायक राजेश हमालले धेरै वटा स्क्रिप्टहरुमा काम नगरेर आफ्नो स्क्रिप्टमा काम गर्नुलाई नै चुनौतीको रुपमा लिएका छन् । यद्यपि, महानायकबाट सोचेभन्दा राम्रो काम निकाल्न उनी सफल भएका छन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन् ।

प्रकाशित : 26 December, 2024

प्रतिक्रिया दिनुहोस्