आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । पुस १२, काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य तोकेको छ । जसअनुसार लोकल सानो गोलभेँडाको प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेँडा (भारतीय) को मूल्य ६५ रुपैयाँ, सानो तराई गोलभेँडा ६०, सुकेको प्याज (भारतीय) ६०, टाटे सिमी ७० रुपैयाँ रहेको छ ।

यसैगरी, लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, हरियो फर्सीको २० रुपैयाँ, तितो करेला १ सय रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, कन्या च्याउ १३० रुपैयाँ, चुकुन्दर ८० रुपैयाँ, नेपाली सुन्तला १०० रुपैयाँ, लोकल काक्रो १०० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ र माछे खुर्सानी ९० रुपैयाँ पुगेको छ । यसैगरी, अनार ३५० रुपैयाँ, अम्बा १०० रुपैयाँ, किवि २०० रुपैयाँ, अभोकाडो २०० रुपैयाँ पुगेको छ भने मटरकोशा १ सय रुपैयाँ, लौका ७० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ ।

प्रकाशित : 27 December, 2024

प्रतिक्रिया दिनुहोस्