अबदेखि नेपालमै स्तन क्यान्सरको वंशाणुगत परीक्षण सम्भव
काठमाडौं । पुस १६, नेपालमा पहिलोपटक वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन ।
अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेलगत्तै वंशाणुगत परीक्षण सम्भव भएको हो ।
अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए ।
प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमुना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमुना परीक्षण नियमित थप गर्ने भएको छ ।
भारतमा स्तन क्यान्सरको वंशाणुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर प्रयोगशालाले भने ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । अहिले ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको छ ।
१६ पुस, काठमाडौं । नेपालमा पहिलोपटक वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन ।
अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।