गुजरातको एक स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । पुस १७, भारतको गुजरातमा रहेको एक स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ ।

गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो ।

आगलागीमा परेर चार जना कामदारको ज्यान जानुका साथै एक जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

प्रकाशित : 1 January, 2025

प्रतिक्रिया दिनुहोस्