भोजपुरमा सडक विस्तारपछि स्थानीय उत्पादनको बजारीकरण सहज

सहयात्रा टिभी

काठमाडौं । पुस १७, भोजपुरमा ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ ।

बजार विस्तारसँगै कृषि उपज बेचेर स्थानीय किसान आर्थिक रुपमा सक्षम बनेका छन् । सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ ।

यो सडकबाट खोटाङ हुँदै काठमाण्डौ जोडिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन किसानले काठमाण्डौबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत शहरमा पनि बेच्दै आएका छन् ।

यसैबीच जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयवासीलाई आवतजावतमा सहजतासँगै कृषि उत्पादनको बजारीकरण पनि सहज भएको छ ।

प्रकाशित : 1 January, 2025

प्रतिक्रिया दिनुहोस्