सेयर बजार नेप्से २५८१ अंकमा कायम

सहयात्रा टिभी

काठमाडौं । पुस १७, बुधबार सेयर बजार ५.१० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८१ अंकमा कायम भएको छ ।

बजारको अंक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो ।

कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रह्यो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घट्यो ।

फाइनान्समा फेरि आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको यो सेक्टर यस दिन ३.८७ प्रतिशत बढ्यो ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घट्यो । अरु घटेका कम्पनीको मूल्य गिरावट ५ प्रतिशतभन्दा न्यून रह्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, त्रिशुली जलविद्युत् कम्पनी, प्रभु बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रकाशित : 1 January, 2025

प्रतिक्रिया दिनुहोस्