पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पुस १८, नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।
विक्रम संवत् १९९० सालमा भारतमा जन्मिएकी शाहले अमेरिकाको बर्नार्ड कलेज र कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको थियो ।
शाहले २०४५ सालमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिनुभएको थियो । त्यति बेलासम्म कुनै पनि नेपाली महिलाले राजदूतको जिम्मेवारी पाएका थिएनन् । उहाँका दुई जना छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह हुनुहुन्छ ।