अन्तिम कारोबार दिन नेप्से २५ सय ८६ अंकमा कायम
सहयात्रा टिभी
काठमाडौं । पुस १८, साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २५ सय ८६ अंकमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.६३ अंक बढेको हो । बजारमा सामान्य अंकको वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन तीन अर्ब ५९ करोडको कारोबार भएकोमा आज चार अर्ब ६० करोडको भयो । १५६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ११ को स्थिर रह्यो ।
यस दिन विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशत बढ्यो । कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर कारोबार रोक्का भएसँगै घटेको यो सेक्टर अघिल्लो दिनदेखि बढ्न थालेको हो ।
कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक, न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।