माओवादीको ६ महिने जागरण अभियान चलाउने निर्णय
सहयात्रा टिभी
काठमाडौं । पुस १८, नेकपा माओवादी केन्द्रको ६ महिने जागरण अभियान चलाउने निर्णय भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए ।
उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए ।
वर्तमान सरकारको गतिविधिका कारण लोकतन्त्र कमजोर बनिरहेको भन्दै उनले जनतालाई सुसूचित गरियो भने मात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताए । लोकतन्त्रको रक्षा जनताले मात्र गर्न सक्ने उनको भनाइ थियो ।