विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी : शिक्षामन्त्री भट्टराई
सहयात्रा टिभी
काठमाडौं । पुस १९, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् ।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।
विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताउँदै उनले अब विश्वविद्यालय कस्तो हुने रु भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बताइन् ।
विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताउँदै मन्त्री भट्टराईले अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने पनि बताइन् ।