रात्रिकालीन उडान हुने विमानस्थल १० पुग्यो

सहयात्रा टिभी

काठमाडौं । पुस १९, नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समय राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै अब तीन अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सम्भव भएको हो ।

प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ।

यसैगरी मोरङ विराटनगर, झापा चन्द्रगढी, धनुषा जनकपुर, बाँके नेपालगञ्ज, बारा सिमरा र सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुन्छ ।

अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय, तीन हबसहित ३५ विमानस्थलमा उडान भइरहेको छ । देशभरिका २० विमानस्थल भने बन्द अवस्थामा छन् । नेपालमा एक हेलिपोर्ट (नलिनचोक)छ । एक अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) निर्माण (प्रस्तावित) छ ।

 

प्रकाशित : 3 January, 2025

प्रतिक्रिया दिनुहोस्