युरोपेली देशहरूमा अवैध प्रवेश प्रयास गर्ने धेरै आप्रवासीलाई टर्किएले रोक्यो
काठमाडौं । पुस १९, टर्किएले सन् २०२४ मा आफ्नो समुद्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार सात सय २६ जना अवैध आप्रवासीलाई रोकेको बताएको छ ।
टर्किए कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुद्रीहरूमा दुई हजार ११ अनियमित माइग्रेसन घटना भएको जनाएको छ । एक वर्षमा ४५ जना आप्रवासीले समुद्रमा ज्यान गुमाएका छन् ।
तथ्याङ्कानुसार अवैध आप्रवासी र मानव तस्करी नियन्त्रणका लागि जारी प्रयासअन्तर्गत चार सय ८४ जना मानव तस्कर पक्राउ परेका छन् । टर्किए हुँदै युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूका लागि एजियन सागर महत्त्वपूर्ण मार्ग भएको छ ।
टर्किएका राष्ट्रपतिको सञ्चार निर्देशनालयकाअनुसार देशमा अहिले ४० लाख जनाभन्दा धेरै आप्रवासी छन् । जसमा धेरैजसो सिरियाली नागरिक रहेका टर्किएको सरकारलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।