सर्वेन्द्र खनालले छाडे एमाले

सहयात्रा टिभी

काठमाडौं । पुस २१, एमाले नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमा समेत नरहेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्– ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ उनले राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र राष्ट्रलाई महान् बनाउन सम्पूर्ण प्रयास जारी रहने उल्लेख गरेका छन् । देश र जनताको हितका लागि सधैँ लडिरहने उनले बताएका छन् ।

खनाल २०७९ साल असोज ५ गते एमालेमा प्रवेश गरेका थिए । खनाल एमालेमा प्रवेश गरे पछि उनलाई संघीय संसदको २–२ पटक टिकट दिइएको थियो । काठमाडौं– ६ र तनहुँ बाट टिकट दिए पनि उनी दुवै स्थानमा पराजित भएका थिए ।

प्रकाशित : 5 January, 2025

प्रतिक्रिया दिनुहोस्