कालीमाटीमा धेरैजसो तरकारीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । पुस २२, फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज फर्सी, काउली, च्याउसहित धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज सानो लोकल गोलभेँडा २२, रातो आलु ४४, लोकल बन्दा २५, तराईको बन्दा २२, तराईको काउली १७, मुला ३२ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा ४५, हरियो फर्सी १५, स्कुस ३२, रायोको साग २०, कन्य च्याउ ७०, डल्ले च्याउ २९०, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। कालीमाटीमा हिजो सानो लोकल गोलभेँडा २७, ठूलो भारतीय गोलभेँडा ८५, भारतीय रातो आलु ३८, नेपाली रातो आलु ४२, तराईको बन्दा १७, तराईको काउली २२ रुपैयाँ प्रतिकिलो थियो। त्यसैगरी सेतो मुला २७, लाम्चो भन्टा ४५, हरियो फर्सी २०, रायोको साग २५, कन्य च्याउ ७०, डल्ले च्याउ ३१६, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित : 6 January, 2025

प्रतिक्रिया दिनुहोस्