सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस २३, ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरिएको हाे ।

सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए । पक्राउ पर्नेमा २९ महिला पनि रहेका छन् । तीन जना भारतीय नागरिक हुन् ।

प्रकाशित : 7 January, 2025

प्रतिक्रिया दिनुहोस्