भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । पुस २३, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले भने, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला।” मंगलबार बिहान ६:५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो।