सरकारले अब एसईई परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने
काठमाडौं । पुस २५, सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ ।
बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन् । ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौं’, उनले भनिन् ।
राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ। ‘राष्ट्रिय परीक्षा बोर्ड एउटै हुनुपर्छ । १२ सम्मको परीक्षा एउटैले लिनु पर्छ’, उनले भनिन् ।
नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् ।
मन्त्री भट्टराईका अनुसार अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन कार्यान्वयनमा अगाडि बढेको छ । ‘कक्षा ९ र ११ मा रजिस्ट्रेशन शुल्क नलिने निर्णय भएको छ । आगामी वर्षदेखि रजिस्ट्रेशन शुल्क लाग्दैन । विद्यार्थीबाट राजश्व उठाउने होइन’, उनले भनिन्, ‘विद्यार्थीबाट विलम्ब शुल्क पनि नलिने निर्णय गरेको छ ।’