लोकसेवालाई कर्मचारी सरुवा र बढुवाको अधिकार दिने
सहयात्रा टिभी
काठमाडौं । पुस २८, समावेशी आयोगका सदस्य हरिदत्त जोशीले कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिन सुझाएका छन् ।
‘कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवा आयोगलाई दिऊँ । यसो गर्दा राजनीतिक हस्तक्षेप पनि नहुने हुन्छ,’ जोशीले आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।
राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा बिधेयकमाथी दफावार छलफल चलिरहेको छ । आइतबार समितिले बिधेयकका सम्बन्धमा विभिन्न संबैधानिक आयोगका प्रतिनिधिहरुसङ्ग छलफलमा बोलाएको हो ।
छलफलमा भाग लिदै समावेशी आयोगका सदस्य जोशी ले कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिदा निश्पक्ष हुन सक्ने बताएका हुन् ।
कर्मचारीलाई एक ठाउँमा कम्तीमा दुई वर्ष काम गर्न दिनुपर्ने वा दुई वर्षसम्म सरुवा गर्न नपाइने कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् ।