भासिएको स्थानमा दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटियो

सहयात्रा टिभी

काठमाडौं । पुस २९, पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटिएको छ ।

पहिले पुल छेउँबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । गत बिहीबार विनयी खोलाको पुल भाँचिएपछि यात्रा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार पुल तत्काल मर्मतको सम्भावना अहिले छैन । त्यसैले के गर्ने भन्ने विषयमा सडक विभागसँग समन्वय भइरहेको उनले बताए ।

 

प्रकाशित : 13 January, 2025

प्रतिक्रिया दिनुहोस्