आज पीडित र सरकारी वकिलको बहस सकियो
सहयात्रा टिभी
काठमाडौं । पुस २९, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी छ ।
काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने आज बहस हुन सकेन ।
अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ ।