संवैधानिक निकायका विवादित ५२ पदाधिकारीको संसदीय सुनुवाइ गर्ने

काठमाडौं । माघ ४, जनता समाजवादी पार्टी नेपालकी सांसद रन्जुकुमारी झाले संवैधानिक निकायका विवादित ५२ पदाधिकारीको विषयमा जिम्मेवार हुनुपर्नेहरू नहुँदा समस्या भएको बताएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् । एउटा निकास दिएर संवैधानिक आयोगका पदाधिकारीलाई काम गर्ने मनोवैज्ञानिक वातावरण समेत बनाउन आवश्यक रहेको उनले बताइन् ।