उजुरीबारे छलफल गर्न लेखा समिति बैठक आह्वान

सहयात्रा टिभी

काठमाडौं । माघ ६, लेखा समिति बैठक आह्वान भएको छ । समितिमा प्राप्त उजुरीहरूबारे छलफल गर्न समितिको बैठक बोलाइएको समितिका सचिवले जानकारी दिए ।

मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको हो । समितिको यो ३४ औं बैठक हो ।

बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।

यसअघि गत पुस ८ गते लेखा समितिको बैठक बसेको थियो । उक्त बैठकमा महालेखा परीक्षक कार्यालयले औंल्याएका बेरुजु छलफलको प्रगति समीक्षासम्बन्धी विषयमा छलफल गरेका थिए ।

 

प्रकाशित : 19 January, 2025

प्रतिक्रिया दिनुहोस्