शेयर बजार सामान्य बृद्धि
सहयात्रा टिभी
काठमाडौं । माघ ७, शेयर बजार आज पनि सामान्य बृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६.७८ अङ्कले बढेर २ हजार ६०७.९९ विन्दुमा पुगेको जानकारी प्राप्त भएको छ ।
आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज शेयर कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका १ करोड ३६ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।