महोत्तरीमा एक शव अर्धनग्न अवस्थामा फेला

सहयात्रा टिभी

काठमाडौं । माघ ८, महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादवको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।

 

प्रकाशित : 21 January, 2025

प्रतिक्रिया दिनुहोस्