टर्कीको एक रिसोर्टमा आगलागी : ७६ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ ९, टर्कीको प्रसिद्ध एक रिसोर्टमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

स्की नामक रिसोर्टमा भएको आगलागीमा परी ५१ जना घाइते भएको टर्कीका स्वास्थ्यमन्त्री केमाल मामिसोग्लुले जानकारी दिए ।

तीमध्ये एकजना आईसीयूमा छन् । १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मृत्यु भएकाहरूको सनाखत हुन नसकेको टर्कीको गृह मन्त्रालयले जनाएको छ ।

बुधबारबार बिहानसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । मङ्गलबार नै लागेका आगो नियन्त्रण गर्न १२ घण्टा लागेको बताइएको छ ।

टर्कीका कानुनमन्त्रीले यस मामिलामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान ३.२७ बजे बोलुस्थित १२ तले ग्राण्ड कार्टेल होटलमा आगलागी भएको हो । होटलमा २३४ जना बसेका थिए ।

बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।

अत्यधिक कम तापक्रमका कारण दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको बीबीसीको समाचारमा उल्लेख छ ।

प्रकाशित : 22 January, 2025

प्रतिक्रिया दिनुहोस्