नेप्सेसँगै कारोबार रकम पनि घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ १०, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो ।

८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह ०.८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।

सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानाकी फाइनान्सको ७.४७, पोखरा फाइनान्सको ५.७४ तथा नेपाल फाइनान्सको ४.७४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

 

प्रकाशित : 23 January, 2025

प्रतिक्रिया दिनुहोस्