कङ्गोमा विद्रोही समूहसँगको भीडन्तमा १३ जना विदेशी सैनिक मारिए
सहयात्रा टिभी
काठमाडौं । माघ १३, प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरेका छन् ।
विद्रोही एम२३ समूहसँगको भीडन्तमा शान्ति स्थापनाका लागि खटिएका १३ जना विदेशी सैनिक मारिएका बीबीसीले जनाएको छ ।
विद्रोही समूहसँगको भीडन्तमा दक्षिण अफ्रिकाका ९, मलावीका ३ र उरुग्वेका १ जना शान्ति सैनिक मारिएका छन् । विद्रोहीहरूलाई कङ्गोको पूर्वमा रहेको गोमा शहरतर्फ प्रवेश गर्नबाट रोक्ने प्रयास गर्दा आफ्ना ९ जना सैनिकको ज्यान गएको दक्षिण अफ्रिकाको सेनाले जनाएको खबरमा उल्लेख छ ।
गोमामा विद्रोही समूह एम२३ र कंगोको सेनाबीच लडाइँ चलिरहेको छ । विद्रोहीहरूले अहिलेसम्मकै बढी भू–भाग नियन्त्रणमा लिएपछि यस वर्षको शुरूदेखि युद्ध चर्किएको छ । द्वन्द्वका कारण अघिल्लो वर्ष चार लाख जना मानिसहरू घर छाडेर भागेका राष्ट्रसङ्ले जनाएको छ ।