अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ १४, अछामको ढकारीमा बाख्रा चराउन जंगल गएकी दुई किशोरीको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार साँझ सोही गाउँपालिकाबाट २० वर्ष भन्दा कम उमेरका दुई जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको नाम खुलाइएको छैन ।

जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी ईश्वरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो ।

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेपछि हत्याको आशंका गरिएको छ ।

परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनका लागि स्थानीय प्रशासनसँग माग गरेको छन् । मृतक दुवै जना फुपू भदैनी हुन् ।

प्रकाशित : 27 January, 2025

प्रतिक्रिया दिनुहोस्