कांग्रेस संसदीय दलको बैठक आज पनि

सहयात्रा टिभी

काठमाडौं । माघ १४, नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आइतबार संसदीय दलको बैठकमा दुई गैरसांसदले अध्यादेशबारे ब्रिफिङ गरेका थिए । कांग्रेस र एमालेले बनाएको कानुन सुधार कार्यदलमा कांग्रेसबाट सदस्य रहेका अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहाल र योजनाविद्को रूपमा सहभागी प्रताप पौडेलले अध्यादेशको औचित्यबारे ब्रिफिङ गरेका थिए ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार अध्यादेशका विषयवस्तुमा खुलेर छलफल भएको थियो ।

बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका कामको ब्रिफिङ गरेका थिए । गृहमन्त्री रमेश लेखकले पनि अध्यादेश ल्याउनुको औचित्यका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।

प्रकाशित : 27 January, 2025

प्रतिक्रिया दिनुहोस्