अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार
काठमाडौं । माघ १४, अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको छ ।
यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा सैन्य विमानलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन ।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा यात्रामा समेत प्रतिबन्ध लगाउने भनेपछि अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।
ट्रम्पको चेतावनीपछि आप्रवासीहरूलाई ल्याउन अमेरिकी देश होन्डुरसमा विमान पठाउन कोलम्बिया तयार भएको बीबीसीले जनाएको छ ।
ट्रम्पको चेतावनीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरूलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाउनुभएको थियो ।
उहाँले अमेरिकी पस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा पनि गर्नुभएको थियो । तर पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो ।